काठमाडौं- अमेरिकाले कम्युनिष्ट विचार धाराका मानिसहरूलाइ झट्का लाग्ने नयाँ नीति सार्वजनिक गरेको छ। जसअनुसा अब, कम्युनिस्ट पार्टीको सदस्यलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने भएको छ ।
युएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस (यूएससीआईएस) ले कम्युनिस्ट पार्टीको सदस्यलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने निर्णय भएको शुक्रबार बताएको हो ।
जसमा भनिएको छ ( सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अधिनायकवादी पार्टीको सदस्य छ भने अमेरिकाका लागि अमान्य हुनेछ।
यो व्यस्था तथा कानुनअनुसार अब कुनै पनि देशका कम्युनिस्ट पार्टीका सदस्यले अमेरिकामा पिआर तथा नागरिकता नपाउने निश्चित भएको हो।
खासगरी चिनियाँ नागरिकलक्षित अमेरिकाले यो नियम ल्याएको हुन सक्ने बताइएको छ। सुरक्षा खतरालाई मध्यनजर गर्दै अमेरिकाले यस्तो नीति सार्वजनिक गरेको हो। ‘वाशिंगटनले आफ्नो शीत युगको कानुन बन्न बन्द गरिरहेको बताएको छ।
सामान्यतया, कम्युनिष्ट पार्टी वा कुनै अन्य निरंकुश पार्टीको सदस्य वा सम्बद्ध कुनै आवासीय आप्रवासी संयुक्त राज्य अमेरिकाको लागि अस्वीकार्य। हुनेछ’ नीतिमा स्पष्ट भनिएको छ।
यो नियममा ९० लाख सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीको नाम उल्लेख गरिएको छैन तर यसले बेइजिङर वाशिंगटनको बीचमा चलिरहेको प्रतिस्पर्धालाई नयाँ आयाम थपेको कुटनीतिज्ञहरुले बताएका छन्।
यस कानुनले चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूलाई अमेरिकाको स्थायी बसोबास वा नागरिकता पाउनबाट प्रभावकारी रूपमा रोक्नेछ र विश्वको दुई ठूला अर्थतन्त्रहरूको बीचमा विस्तार भइरहेको विचारधाराको अन्तरलाई अझ मजबुत बनाउँछ, तर जसले जनता–जनताको आदानप्रदानलाई क्षति पुर्याएको कतिपयले विष्णेषण गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।