काठमाडौं । स्पेनिस ला लिगामा फुटबलको नयाँ सिजनमा लगातार जीत हाँसिल गर्र्दै आएको बार्सिलोना तेस्रो खेलमा भने बराबरीमा रोकिएको छ। आइतबार राती भएको खेलमा सेभिल्लाले बार्सालाई बराबरीमा रोकेको हो। घरेलु मैदानमा भएको खेलमा बार्सा र सेभिल्ला दुवैले एकेक मात्रै गोल गरे।
खेलको आठौँ मिनेटमा लूक डी जोंगले गोल गरेर सेभिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए। लगत्तै खेलको १० औँ मिनेटमा कोन्टिन्होले बार्साको तर्फबाट गोल गरेर खेललाई बराबरीमा फर्काएका हुन्।
त्यसपछि दुबै टिमबाट गोल हुन सकेन। तीन खेलबाट सात अंकसहित बार्सिलोना र सेभिल्ला क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा ओसासुनाले सेल्टा डी भिगोलाई २–० तथा एलाभेसले एथ्लेटिको बिल्बाओलाई १–० ले पराजित गरेका छन् । यस्तै काडिज र ग्रानाडाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।