सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

ओली र प्रचण्डलाई पर्याे आपत् : दुबैले बिन्ति गर्दै गरे देउवालाई फोन

ओली र प्रचण्डलाई पर्याे आपत् : दुबैले बिन्ति गर्दै गरे देउवालाई फोन

  • मिडिया डबली
  • सोमवार, आश्विन १९ २०७७

  • 13.6K
    SHARES

  • ओली र प्रचण्डलाई पर्याे आपत् : दुबैले बिन्ति गर्दै गरे देउवालाई फोन

     काठमाडौं - प्रदेश ५ को राजधानी प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्षसमेत रहेको केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल (प्रचण्ड) को सहमतिमा दाङको देउखुरी प्रस्ताव गरिएको छ। यसको विरोध गर्दै बुटवलमा कांग्रेसले चरणवद्ध आन्दोलन चर्काइरहेको छ।

    कांग्रेसको आन्दोलन र आफ्नै पार्टीको दबाब थेग्न नसकेर काठमाडौं आएर ओली र प्रचण्डसँग कुरा गरी मुख्यमन्त्री शंकर पोखरेल उतै फर्केका छन्।

    हिजो उनको गाडीमा ढुंगा प्रहारसमेत भयो। पोखरेलले भनेपनि ओली र प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर दाङलाई राजधानी मान्न कांग्रेसले पनि समर्थन जनाओस् भनेर भनेका थिए।

    प्रदेश सभामा स्पष्ट बहुमत रहेको नेकपामा किन अताल्लिएको हो भने, नेकपाकै दुई दर्जन सांसद दाङ विपक्षमा छन्। मतदानबाट टुंगिने राजधानी र नामको विषयमा नेकपाकै नेताले विपक्षमा मतदान गर्ने पक्का जस्तैछ।

    ओली र प्रचण्डको सहमतिमा दाङ सार्ने प्रस्ताव गरिएको र प्रदेशमा कोहीसँग छलफल नगरिएको भनेर कांग्रेसले आपत्ति जनाउादै विरोधको कार्यक्रमहरु सार्वजनिक गरिरहेको छ।

    देउवाले पनि सहमतिबाट जाने बाटो हुँदाहुँदै पेलेर जाने रणनीति विरुद्ध कांग्रेस उत्रिएको भनेर नेकपाका दुवै अध्यक्षलाई फोनमा जवाफ दिएको स्रोतको दाबी छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend