काठमाडौं- एचएमडी ग्लोबल, होम्स् फर नोकिया फोनले नेपालमा नोकिया २.४ सार्वजनिक गरेको छ । नोकिया २ को अर्को जेनेरेशनका रुपमा रहेको यो फोनले नाइट मोड र पोट्रेट मोड सहित एडभान्स इमेज सुविधा ल्याएको छ ।
६.५ इन्च एचडी प्लस स्क्रीन रहेको यो मोबाइलले हाइ रिजोलुसनका इमेजहरु हेर्न र खिच्न दिन्छ । यसको मुख्य विषेशता भनेको २ दिनसम्म टिकाउ हुने ब्यािट्र हो । गेमिंग एवं विभिन्न एप चलाउनेहरुका लागि यो लामो समय चार्ज टिकाउने हुँदा पनि यो मोबाइल विशेष रहेको छ ।
त्यस्तै फोनमा फिंगरप्रिन्ट र फेस अनलकको व्यवस्था रहेको छ । यसका साथै नोकिया २.४ मा ३ वर्षसम्मको मासिक सक्युरिटी अपडेट र २ वर्ष सम्मको ओएस अपडेट छ, जसको अर्थ यो एन्ड्रोइड ११ र १२ का लागि तयार हो ।
एआई इमेजिंग
कैद गर्न लायकका क्षणहरु दिनको उज्यालोमा मात्र हुँदैनन् । नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिंगका साथ नोकिया २.४ ले अध्यारो अवस्थाहरुमा पनि विशेष फोटो खिच्न दिन्छ ।
त्यस्तै पोट्रेट मोडको कस्टुम आकार र ब्लर ब्याकग्राउन्डले फोटोलाई अझैं नयाँ उचाइ दिन्छ । त्यस्तै यसबाट खिचिएका फोटोहरु लामो समयसम्म हाइ रेजोलुसनमा रहिरहन्छन् ।
६.५ इन्चको स्क्रीन
एचडी सक्रिनसँगै दुई दिनसम्मको ब्याट्री लाइफ रहेको नोकिया २.४ मा एआई—एसिस्टेड एडाप्टिभको ४५०० एमएएच ब्याट्री छ । जुन एकपटक चार्ज गर्दा दुई दिनसम्म टिक्छ । मोबाइलले कुन एप बढी प्रयोग हुन्छ भन्ने बुझ्दै सोही अनुसार ब्याट्रिलाई प्राथमिकता दिन्छ ।
टिकाउ
नोकिया २.४ केवल राम्रो देखिन मात्र नभएर टिकाउका लागि निर्मित छ । थ्रीडी न्यानो—टेक्स्चर्ड कभर तपाईंको हातमा सुरक्षित रूपले बस्छ र एक आश्चर्यजनक फिनिशका साथ यो नोर्डिक—प्रेरित रंगमा उपलब्ध छ ।
साथै, पोलीकार्बोनेट शेलको साथ डाइ—कास्ट धातु च्यासिसले तपाईंको फोनमा दृढता मिल्छ र तपाईंले नोकिया फोनबाटअपेक्षा गर्नुहुने आरामदायक महसुस गराउँदछ ।
एन्ड्रोइड ११—का लागि तयार स्मार्टफोन
नोकिया २.४ एक सुव्यवस्थित ईन्टरफेस र कुनै ब्लोटवेयर बिना एक उत्कृष्ट सफ्टवेयर अनुभव ल्याएर आफ्नो शुद्ध, सुरक्षित र अप—टु—डेट रहेको छ । एन्ड्रोइड वन कार्यक्रमको एक हिस्सा, नोकिया २.४ मा तपाईले तीन बर्षको मासिक सुरक्षा अपडेट र दुई बर्षको सफ्टवेयर अपग्रेडका साथ नयाँ एन्ड्रोइड सुविधाहरू र सुरक्षाको व्यवस्था रहेको छ ।
मूल्य
नोकिया २.४ ग्रे रंगमा २ जीबी र्याम र ३२ जीबी रोमका साथ आउँदछ । नोकिया २.४ अब नेपाली बजारमा रु.१४,५९९ मा दराज डट कम डट एनपी र सस्तो डिलबाट खरिद गर्न सकिनेछ । त्यस्तै नेपालका लागि नोकिया फोन को आधिकारी वितरक टेलि टक रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।