सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपा सचिवालय बैठक आज : प्रचण्ड, माधव नेपाल र झलनाथ पक्षले ओलीलाई घेरा हाल्ने

नेकपा सचिवालय बैठक आज : प्रचण्ड, माधव नेपाल र झलनाथ पक्षले ओलीलाई घेरा हाल्ने

  • मिडिया डबली
  • शनिवार, आश्विन १७ २०७७

  • 7.8K
    SHARES

  • नेकपा सचिवालय बैठक आज : प्रचण्ड, माधव नेपाल र झलनाथ पक्षले ओलीलाई घेरा हाल्ने

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो ४ बजे बस्दैछ। नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको छलफलबाट आजको लागि सचिवालय बैठक बोलाइएको हो।

    राजदूत नियुक्तिमा ओलीले पार्टीमा छलफल नै नगरी एकलौटी गरेपछि नेकपामा ओली पुन एक्लै हुने सम्भावना बढेको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न देशका लागि राजदूतका लागि सिफारिस गरेको थियो। पार्टीमा कुनै छलफल नै नगरी प्रधानमन्त्रीले मुख्य सचिव र तीन वटा देशका लागि रादूत सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु असन्तुष्ट छन्।

    आजको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्ला नियुक्तिलाई लिएर असन्तुष्टि राख्ने तयारी गरेका स्रोतले जनाएको छ। आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा पनि छलफल हुने बताइएको छ। नेकपामा मन्त्रिपरिषद्बाट हटाउने र थप्ने पात्रको विषयमा पनि सहमति जुट्न सकेको छैन। छलफल र सहमतिका साथ अघि बढ्ने सहमति गरेका दुई अध्यक्षमा ओलीले पुन एकलौटी गरेपछि पुन दूरी बढेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend