आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गायक प्रमोद खरेलबिरुद्ध सुबास रेग्मीद्वारा १ करोडको क्षतिपूर्ति माग

गायक प्रमोद खरेलबिरुद्ध सुबास रेग्मीद्वारा १ करोडको क्षतिपूर्ति माग

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०७७

  • 16.0K
    SHARES

  • गायक प्रमोद खरेलबिरुद्ध सुबास रेग्मीद्वारा १ करोडको क्षतिपूर्ति माग

    काठमाडौं- चर्चीत गायक प्रमोद खरेलले विन्ध्यवासीनि म्युजिक प्रँइभेट लिमिटेडका ट्र्याकहरु अनुमतिबीना प्रयोग गरेको भन्दै नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा मुद्दा दायर भएको छ ।

    विभिन्न समयमा देश तथा विदेशमा आयोजित कार्यक्रमहरुमा गायक खरेलले विन्ध्यवासीनिका ट्र्याकहरु प्रयोग गरेर गीत गाउँदै आएको भन्दै शुक्रबार रजिस्ट्रारको कार्यालयमा मुद्दा दायर भएको हो ।

    लाखौंको लगानीमा निमार्ण हुने यस्ता ट्र्याकहरु अनुमतिबीना प्रयोग गर्नुले आफ्नो नैतिक एवं आर्थिक अधिकारको हनन् एवं प्रतिलिपि अधिकार समेत हनन् भएको विन्ध्यवासीनिाका प्रोड्युर, गायक, लगानीकर्ता एवं सञ्चालक सुवास रेग्मीले बताएका छन् ।

    कम्पनीकातर्फबाट विज्ञप्ती जारी गर्दै सञ्चालक रेग्मीले यसरी हनन् भएको नैतिक एवं आर्थिक अधिकारको क्षतिपूर्ती भरिमाग्न माग गरेका छन् ।

    यसरी लोकप्रिय गायकले नै ठूलो कम्पनीका ट्र्याकहरु चोरी गरेर प्रयोग गर्नु लज्जास्पद रहेको भन्दै रेग्मीले १ करोड नेपाली रुपैयाँ क्षतिपूर्ती माग गर्दै प्रतिलिपि रजिष्टारको कार्यलय कालिकास्थानलाई निवदेन दिएको हो ।

    muddaa.jpg

    muddaa2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०७:५४:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend