काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा तुलसीपुर शाखा संचालनमा ल्याएको छ ।
कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजा पाठ गरी दाङको तुलसीपुर शाखा संचालनमा ल्याएको हो ।
नेपाली जनमाझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आमनागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुच प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त शाखा विस्तार गरेको हो ।
यस शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न रिटेल बैंकिङ्ग सेवाअन्तर्गत नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्नुका साथसाथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायीकर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।
विश्वभरी फैलिएको कोरोनाभाइरसले सृजना गरेको विषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५०% वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा)९.५०% वार्षिक ब्याजदरमा र मोर्टगेज लोन –व्यक्तिगत कर्जा) १०.९९% वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना देशैभरी छरिएका बैंकका १११ शाखाहरुबाट संचालनमा ल्याएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।