काठमाडौँ- बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस आज नेपालमा भित्र्याएको छ ।
नयाँ एभेन्जर स्ट्रीट १६० स्पोर्टस् डिजाइनमा आएको छ र शहरका लागि केहि भिन्न रुपमा देखा पर्नेहरुका लागि बनाइएको कम्पनीले जानकारी दिएको छ ।
यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ र एलईडी डीआरएलका साथ यसले दिर्घकालिन छाप सृजना गर्दछ । यसमा शहर र हाईवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रीट कन्ट्रोल ह्यान्डिलबारहरु पनि छन् ।
यो १६०सीसी डीटीएस—आई इन्जिनद्वारा संचालित छ जसले १६०ः१५ पीएस पावर र १३।५ एनएम टर्क उत्पादन गर्दछ । यसले ५(स्पीड म्यानुअल ट्रान्समीसन पनि प्रयोग गर्दछ ।
सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेकको साथ आउँदछ । ब्रेकका इकाईहरु मानकको रुपमा एकल च्यानल एबीएससँगै छन् ।
चालकको आरामको लागि यो लामो स्लङ्ग, लामो सिट र फुटरेस्ट स्थानमा साथ आउँदछ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा शुरुवाती मुल्य रु। ३,१९,९०० मा असोज १५ गतेदेखि देशभर उपलब्ध हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।