आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सिटी एक्सप्रेसले ल्यायो ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु. १०,००० हातमा’ योजना

सिटी एक्सप्रेसले ल्यायो ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु. १०,००० हातमा’ योजना

  • मिडिया डबली
  • बिहिवार, आश्विन १५ २०७७

  • 6.0K
    SHARES

  • सिटी एक्सप्रेसले ल्यायो ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु. १०,००० हातमा’ योजना

    काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु. १०,००० हातमा’ उपहार योजना घोषणा गरेको छ ।

    सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत ६० दिन लगातार हरेक दिन १ जना विजेतालाई रु. १०,००० उपहार प्रदान गरिने छ । कम्पनीका अनुसार यस ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु. १०,००० हातमा’ अफर असोज १५ गते देखि मंसिर १५ गते सम्म लागू हुनेछ ।

    यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देशविदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु नहुने कम्पनीले जनाएको छ।

    सिटी एक्सप्रेसले विगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रेलियालगायत संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

    आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्ष्ति तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन १५ २०७७११:४९:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend