घरबाट २ वर्षअघि बेपत्ता भएकी महिलाको समुन्द्रबाट जिवित उद्धार भएको छ । कोलम्बियाकी एन्जेलिका जाइतन नाम गरेकी महिला घरबाट बेपत्ता भएको २ वर्षपछि समुन्द्रमा माझीहरुबाट फेला परेकी हुन् ।
प्युर्टो कोलम्बियाको किनारदेखि दुई किलोमिटर टाढा समुन्द्रको बिचमा ४६ वर्षकी एन्जेलिकालाई स्थानीय माझी रोलान्डो भिसबल र उनका साथीले भेट्टाएको हो ।
एन्जेलिकाले उद्धार भइसकेपछि ‘म फेरि जन्मिए, भगवानले म मरोस् भन्ने चाहेका रहेनछन्’ भन्ने शब्द उच्चारण गरेको बताइएको छ।
२० वर्षसम्म श्रीमानको दुव्र्यवहार र पीडा सहेकी थिइन् । श्रीमानले बेस्सरी पिटेर अनुहारमा ठुलो घाउसमेत रहेकी महिला श्रीमानले मारुञ्जेल पिटेपछि सन् २०१८ मा घर छोडेकी थिइन् ।
लामो समय घरबाहिर मागेर समय बिताएकी महिलाले समुन्द्रमा हाम फालेको बताएकी छन् । समुन्द्रमा हाम फालेको ८ घण्टापछि उनको उद्धार भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।