बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

जनतामारा प्रधानमन्त्री ओली : महामारीको वास्ता छैन, अयोध्यामा सय बिघा जग्गामा मन्दिर बनाउँदै

जनतामारा प्रधानमन्त्री ओली : महामारीको वास्ता छैन, अयोध्यामा सय बिघा जग्गामा मन्दिर बनाउँदै

  • मिडिया डबली
  • बुधवार, आश्विन १४ २०७७

  • 4.0K
    SHARES

  • जनतामारा प्रधानमन्त्री ओली : महामारीको वास्ता छैन, अयोध्यामा सय बिघा जग्गामा मन्दिर बनाउँदै

     काठमाडौं - चितवनको माडी नगरपालिकास्थित अयोध्याधाम निर्माण गर्न एकसय विघा जग्गा छुट्याइएको छ। मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै एक सय बिघा जग्गा छुट्याएको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताएका छन्।

    अयोध्याधाम निर्माणको लागि गुरुयोजना तयार भइसकेको र डीपीआर निर्माण छिट्टै अघि बढ्ने बताइएको छ। नगरपालिकाले प्रधानमन्त्रीको निर्देशन अनुसार नै निर्माणको प्रक्रिया सुरु गरेको जनाएको छ। प्रधानमन्त्रीले जग्गा खोज्न नगरपालिकालाई भनेका थिए। उनले बजेटको चिन्ता नगर्न पनि भनिसकेका छन।

    यता कोरोनाको कारण उपचार नपाएर मरिरहेको देखर पनि नदेखेझैँ गरेका प्रधानमन्त्री ओलीले मन्दिर निर्माणका लागि मरिमेटेर लागेका छन्। मन्दिर बनाउनु राम्रो भएपनि यो समय उपयुक्त नभएको भन्दै प्रधानमन्त्री ओलीको धेरैले आलोचना गरिरहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend