काठमाडौं । प्रतिनिधिसभाको चुनावमा बर्दियामा नेपाली कांग्रेसका सञ्जय गौतमसँग नमिठो हार चाखेका वामदेव गौतम चोरबाटो प्रयोग गरेर, पार्टीमा थर्काएरै भएपनि राष्ट्रियसभा सदस्य भए। उनलाई मन्त्री बनाउन नमिल्ने गरी सर्वाेच्चले अन्तरिम आदेश जारी गरिसकेको छ।
अब राष्ट्रियसभा सदस्य के रहने भन्ने विषयमा पनि रिट परेको छ। सर्वाेच्चले केही दिनमा आदेश जारी गर्ला। यता बामदेवलाई राष्ट्रियसभा सदस्य कायमै राख्ने र मन्त्री बन्न पाउनुपर्छ भनेर १२ जना वरिष्ठ अधिवक्ताहरुले बहस गर्ने भएका छन्। राष्ट्रियसभा सदस्य नियुक्तिका विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथि बुधबार बहस हुँदैछ। गौतमका पक्षबाट १३ जना चर्चित अधिवक्ताले बहस गर्ने तयारी भएको प्रा।डा। युवराज संग्रौलाले जानकारी दिए।
वरिष्ठ अधिवक्ता संग्रौलाका अनुसार वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, राघवलाल वैद्य, प्रेमबहादुर खड्का, चन्द्रकान्त ज्ञवाली, कुमार शर्मा आचार्य लगायतकाले बहस गर्ने छन्। यसका साथै सरकारी वकिलको तर्फबाट महान्यायधिवक्ताको टोलीले पनि गौतमको पक्षमा बहस गर्नेछ। मुद्दा दायर गर्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका पक्षबाट पनि वरिष्ठ अधिवक्ता हरि उप्रेतीसहित ९ भन्दा बढी वकिलले बहस गर्नेछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।