सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

यी हुन् ६ जना नयाँ मन्त्री बन्ने भाग्यमानीहरु, को को छन् ‘रेड जोन’ मा ?

यी हुन् ६ जना नयाँ मन्त्री बन्ने भाग्यमानीहरु, को को छन् ‘रेड जोन’ मा ?

  • मिडिया डबली
  • सोमवार, आश्विन १२ २०७७

  • 17.1K
    SHARES

  • यी हुन् ६ जना नयाँ मन्त्री बन्ने भाग्यमानीहरु, को को छन् ‘रेड जोन’ मा ?

    काठमाडौं– नेकपा मन्त्रिपरिषद् पुर्नगठन गर्ने निश्कर्षमा पुगिसकेको छ । नेकपाको स्थायी कमिटीले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्री छनोटको जिम्मा दिएको थियो ।

    दुई अध्यक्षबीच छलफल जारी छ, यद्यपी सहमति भने हुनसकेको छैन् । ओली र अध्यक्ष दाहालबीच कसलाई हटाउने र कसलाई ल्याउने बारे सहमति हुन नसकिरहेको हो ।

    यद्यपि, नयाँ ६ जना मन्त्री थप्ने र रेल र पानीजहाज मन्त्रालय पनि थप्ने मोटामोटी सहमति भएको बताइएको छ । जानकारी अनुसार तीन वटा मन्त्रालय फुटाउने, तीन जना राज्यमन्त्री हटाउने र ६ जनालाई मन्त्री बनाउने ओलीको प्रस्तावमा दाहालले सहमति दिएका हुन् ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्र्याएर उद्योग र वणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ टुक्र्याएर ऊर्जा र सिँचाइ तथा नदी नियन्त्रण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायातलाई टुक्र्याएर भौतिक पूर्वाधार र यातायात तथा रेल मन्त्रालय बनाउने समझदारी बनेको छ।

    ‘रेड जोन’ मा यी मन्त्री ?

    स्रोतका अनुसार रेड जोनमा रहेका मन्त्रीमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था मन्त्री पद्मा अर्याल, खानेपानी मन्त्री बिना मगर, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत छन्। 

    यसबाहेक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाको बचावमा भने ओली पूर्णरुपमा रहेका छन् ।

    कसको भाग्य चम्किन सक्छ ?

    मन्त्री फेरबदलको कुरा आएसँगै पूर्वमाओवादीबाट जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु शाह र पम्फा भुसालको नाम अहिले अघि आएको छ ।

    पूर्वएमालेबाट भने पार्टी महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, गणेश ठगुन्ना र प्रेम आले लगायत मन्त्री बन्ने चर्चामा छन्। 

    पार्टीमा सहमति जुटेमा ओली भने उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि मन्त्रिपरिषद्मा सामेल गराउन चाहेका छन्। गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ असोज १४ गते  हुँदै छ। 

    यसबीच नेकपाका वरिष्ठ नेता झलनाथ खनाल भने वामदेवको पक्षमा उभिएका छन् । उनले संविधानले कहींकतै पनि सांसदलाई मन्त्री बन्न नरोकेको बताउँदै भनेकाछन्, ‘संविधान बनाउने हामी हो, हामीलाई थाहा छ, संविधानले कहाँ रोक्छ, कहाँ रोक्दैन।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend