सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

जनता भोकमारीमा, भागबण्डा मिलाउन ओलीेले रेल र पानीजहाज मन्त्रालय थप्दै

जनता भोकमारीमा, भागबण्डा मिलाउन ओलीेले रेल र पानीजहाज मन्त्रालय थप्दै

यी मन्त्रीको भविष्य संकटमा
  • मिडिया डबली
  • आइतवार, आश्विन ११ २०७७

  • 4.1K
    SHARES

  • जनता भोकमारीमा, भागबण्डा मिलाउन ओलीेले रेल र पानीजहाज मन्त्रालय थप्दै

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले केन्द्रिय भागबण्डा मिलाउनका लागि रेल र पानीजहान मन्त्रालय थप्‍नेगरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ ।

    कोरोना भाइरसको माहामारीका बेला देशमा संकटमा रहेका जनताका लागि केही राहतका दिनुपर्ने बेला ओली सरकारले भने सरकाको खर्चभार बढाउँदै दुई बेठेगानका मन्त्रालय थप्न लागेको हो ।

    पानीजहाज कार्यालय यसअघि नै सञ्चालनमा ल्याइसकेका ओलीले भारतबाट पुरानो रेललाई डेन्टिंग प्यान्टिंग गरी नेपालसमेत पुर्याइसकेको अवस्थामा दुई मन्त्रालयथप्न निहुँ बनेको छ ।

    त्यस्तै भागबण्डा नै मिलाउनका लागि ओलीले थप तीन मन्त्रालय विभाजनको तयारी थालेको स्रोतले जनाएको छ । ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाहेक केही मन्त्रालय टुक्राउने बताइएको छ ।

    रेल र पानीजहाज मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयन्तर्गत छन्। तर, प्रधानमन्त्री ओलीले प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन भन्दै छुट्टै मन्त्रालय बनाउन लागेको बताइएको छ ।

    संविधानमा व्यवस्थाअनुसार २५ भन्दा बढी मन्त्रालय बनाउन मिल्ने प्रावधान छैन। अहिले १९ वटा पूर्ण र ३ वटा राज्यमन्त्री छन्। प्रधानमन्त्री ओलीले अहिले एक मन्त्रालय थप गरेर २५ वटै पुर्‍याउने तयारीमा रहेको र यसका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर छलफल भइरहेको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend