सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्डले नारायणकाजीको लागि सञ्चार मन्त्रालय मागेपछि नेकपामा फेरी लफडा !

प्रचण्डले नारायणकाजीको लागि सञ्चार मन्त्रालय मागेपछि नेकपामा फेरी लफडा !

  • मिडिया डबली
  • आइतवार, आश्विन ११ २०७७

  • 6.7K
    SHARES

  • प्रचण्डले नारायणकाजीको लागि सञ्चार मन्त्रालय मागेपछि नेकपामा फेरी लफडा !
    प्रचण्ड र ओली

     काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मन्त्री मण्डल हेरफेरले खुबै तताएको छ। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्षबीच मन्त्रीपरिषद पुनर्गठन गर्ने सहमति भएर नै विवाद मिलेको थियो। सोही अनुसार दुई अध्यक्ष गृहकार्यमा जुटेका छन्।

    अहिले नेकपामा फेरी भागवण्डाको विषयले विवाद उत्पन्न भएको छ। यस अघि पूर्व एमालेबाट मन्त्री रहेका सञ्चार मन्त्रालयमा यसपटक पूर्व माओवादी (प्रचण्ड) ले दाबी गरेपछि विवाद सुरु भएको हो। प्रचण्डको कुरा सुनेपछि स्रोतले प्रधानमन्त्तीलाई उदृत गर्दै भन्यो,‘यो विषयमा तपाइँ कुरा गर्दै नगर्नु।’

    बिहीबारको छलफलमा अहिले मन्त्रिपरिषदमा रहेका मन्त्रीहरु हटाएर नयाँ मन्त्री ल्याउने र त्यसका लागि आवश्यक छलफल गरेर केही पुरानालाई निरन्तरता दिने निर्णय भएको थियो। केही मन्त्रीहरुलाई भने मन्त्रालय साट्ने तयारी नेकपाको छ। प्रचण्ड आफ्नो पक्षले सञ्चार मन्त्रालय पाउनुपर्ने दाबी गरे पनि प्रधानमन्त्री ओली आफू निकटको पूर्व एमालेकै एक नेतालाई उक्त मन्त्रालय जिम्मा लगाउने दाऊमा छन्।

    सरकारका प्रवक्तासमेत रहने सञ्चारमन्त्रीमा अहिले कोही नियुक्ति भएको छैन। सरकारको प्रवक्ताको रुपमा मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जिम्मा दिइएको छ। सञ्चारमन्त्रीमा कोही आएको छैन। यसैमा प्रचण्ड र ओलीबीच पुन खटपट सुरु भएको छ। सञ्चारमन्त्रालय अन्तरगत नेपाल टेलिकम, एनसेल जस्ता ठूला टेलिकम रहेको र त्यहाँ अर्बाैँको कारोबार हुने भएकाले पनि नेताहरु मरिहत्ते गरिरहेका छन्। त्यसो तर सरकारी सञ्चार माध्यम आफ्नो पहुँचमा हुने भएकोले पनि नेताहरुले आफ्नो पक्षको मान्छे राख्न खोजेका हुन्।

    प्रचण्ड निकटका अनुसार प्रतिनिधिसभाको निर्वाचन हारेर पनि राष्ट्रियसभामा आएका नारायणकाजी श्रेष्ठलाई प्रचण्डले सञ्चार मन्त्रालय मागेका हुन्। श्रेष्ठ नेकपाको पनि प्रवक्ता हुन्।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend