सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओली र प्रचण्डको सहमति : यी हुन नेकपामा मन्त्री बन्न भाग्य चम्किएकाहरू

ओली र प्रचण्डको सहमति : यी हुन नेकपामा मन्त्री बन्न भाग्य चम्किएकाहरू

  • मिडिया डबली
  • शनिवार, आश्विन १० २०७७

  • 13.1K
    SHARES

  • ओली र प्रचण्डको सहमति : यी हुन नेकपामा मन्त्री बन्न भाग्य चम्किएकाहरू

     काठमाडौं - नेकपाको पछिल्लो विवाद विभिन्न क्षेत्रमा भागवण्डा गर्नेगरी मत्थर भएको छ। सोही अनुसार मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच मन्त्रिपरिषद हेरफेरबीच पटक पटक छलफल जारी छ।

    नेकपाका केही नेताहरुका अनुसार मन्त्रिपरिषद पुनर्गठनको काम लगभग अन्तिम चरणमा पुगेको छ। अब पुनर्गठन हुँदा उर्जा, जलस्रोत तथा सिंचाई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्राइने भएको छ। ओलीले पूर्व एमाले र पूर्व माओवादी दुवैबाट नयाँ अनुहारलाई मन्त्री बनाउने आकांक्षा देखाएका छ्न।

    पूर्व एमालेबाट गणेशसिंह ठगुन्ना, प्रेम आले, यज्ञराज सुनुवार, लिला श्रेष्ठ, विशाल भट्टराई, विरोध खतिवडालगायतको मन्त्री हुने विषयमा चर्चा छ। त्यस्तै पूर्व माओवादी बाट नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, जनार्दन शर्मा, हरिबोल गजुरेल, पम्फा भुसाललगायतको नाम मन्त्री बन्नेमा चर्चामा छ।

    अर्का चर्चामा रहेका वामदेव गौतमलाई सर्वाेच्च अदालतले राष्ट्रियसभा सदस्यको रुपमा अरु जिम्मेवारी नदिन आदेश जारी गरेर ब्रेक लगाइसकेको छ। नारायणकाजी श्रेष्ठ पनि प्रतिनिधिसभाको निर्वाचन हारेर पुन राष्ट्रियसभा सदस्य निर्वाचित भएका व्यक्ति हुन्। यूवराज खतिवडालाई प्रधानमन्त्रीले मन्त्रीकै सेवा सुविधा दिएर आर्थिक सल्लाहकार राखिसके। त्यसैले अर्थमन्त्रालयमा नयाँ कोही आउने सम्भावना देखिँदैन। अर्थराज्य मन्त्री भने बनाउने तयारी छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend