आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जानाजान स्वस्थ मानिसलाई कोरोना भाइरसबाट संक्रमित बनाइदै

जानाजान स्वस्थ मानिसलाई कोरोना भाइरसबाट संक्रमित बनाइदै

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ९ २०७७

  • 4.6K
    SHARES

  • जानाजान स्वस्थ मानिसलाई कोरोना भाइरसबाट संक्रमित बनाइदै

    खोपको प्रभावकारिता पत्ता लगाउन बेलायतमा खोप परीक्षणका लागि स्वस्थ मानिसलाई जानाजान कोरोना भाइरसबाट संक्रमित बनाइने भएको छ । ‘ह्युमन च्यालेन्ज स्टडिज’ अन्तर्गत यसरी खोप विकास गर्ने विषयमा बेलायत सरकारले छलफल गरेर यसरी खोप परीक्षण गर्ने भएको हो ।

    यो प्रकृयालाई ‘च्यालेन्ज ट्रायल’ नाम दिइएको छ । यद्यपी अहिलेसम्म गर्ने की नगर्ने भनेर टुंगो भने लागि सकेको छैन ।

    त्यस्तो परीक्षणका लागि कानुनी अनुमति प्राप्त भएका खण्डमा आफू कोरोना संक्रमति भई खोप लगाउन तयार रहेको १८ वर्षीय विद्यार्थी एलास्टेर फ्रेजर उरक्युहार्टले बताएका छन्।

    बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा उनले भनेका छन्, ‘मलाई लाग्छ, यस्तो किसिमको परीक्षणबाट हजारौंको जीवन बचाउन सकिन्छ र विश्वलाई साँच्चै यो महामारीबाट बाहिर ल्याउन सकिन्छ।’

    त्यही रेडियो कार्यक्रममा बोल्दै अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पिटर होर्बीले त्यस्तो परीक्षणको विचार राम्रो रहेको बताउँदै त्यसबाट रोगबारे वास्तविक बुझाइ प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।बीबीसी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend