सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौंमा कोठा खोज्न आउनले घरबेटीको सिक्री चोरेर भागेपछि . . .

काठमाडौंमा कोठा खोज्न आउनले घरबेटीको सिक्री चोरेर भागेपछि . . .

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ९ २०७७

  • 7.2K
    SHARES

  • काठमाडौंमा कोठा खोज्न आउनले घरबेटीको सिक्री चोरेर भागेपछि . . .

    काठमाडौं - काठमाडौंमा कोठा भाडामा खोज्ने दुई युवकले घरबेटीको सुनको सिक्री नै लुटेर भागेका छन्। बिहीबार साँझ पेप्सीकोलामा कोठा खोज्दै गएका दुई युवकले पवित्रा बिडारी उप्रेतीको घाँटीमा लगाइराखेको सुनको सिक्री लुटेर भागेका हुन्।

    भुईँतलाका दुई वटा कोठा मासिक १० हजार तिर्नेगरी लिने कुरा मिलिसकेपछि उनीहरुले घरमा कोको हुनुहुन्छ भनेर सोधे। पवित्राले दोस्रो तला भाडामा दिएको र तेस्रो तलामा छोरो बस्ने जानकारी गराएपछि उनीहरुले सुन र पैसा मागेर धम्क्याउन थाले।

    उनीहरुले चुपचाप सुन र पैसा दिन भन्दै धम्क्याएर नदिएर राम्रो नहुने चेतावनी पनि दिए। अन आफूले डराएर एक तालाको सिक्रि दिएको पबित्राले बताएकी छन्। सिक्री पाएपछि ती युवक स्कुटरमा भागेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर ५ २०७७०३:३५:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend