सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

मन्त्रि अर्यालले नै किन गरिन् नयाँ नक्सा बहिस्कार ?

मन्त्रि अर्यालले नै किन गरिन् नयाँ नक्सा बहिस्कार ?

  • मिडिया डबली
  • बिहिवार, आश्विन ८ २०७७

  • 6.9K
    SHARES

  • मन्त्रि अर्यालले नै किन  गरिन् नयाँ नक्सा बहिस्कार ?

     काठमाडौं - भारतले भूमि फिर्ता ल्याएरै छोड्ने भनेर लगातार अभिव्यक्ति दिइराख्ने तर कुटनीतिक पहल शून्य गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नै नयाँ नक्सा बहिस्कार गरेकी छन्। उनले आफ्नो मन्त्रालयको आधिकारीक लेटरहेडमा समेत पुरानै नक्सा प्रयोग भएको निशान छाप प्रयोग गरिरहेकी छन्।

    त्यसो त पाठ्यक्रम विकास केन्द्रले नयाँ नक्सा र भूगोल थपिएपछिको तस्बिर भएको किताब बजारमा ल्याउन लाएको बेला प्रधानमन्त्रीले उक्त नक्सा भएको पुस्तक वितरण नगर्न भनेका थिए।

    उनै प्रधानमन्त्र केपी शर्मा ओलीको बचाउमा प्रधानमन्त्रीले तथ्यांक त्रुटी भएकाले अहिलेलाई पुस्तक वितरण नगर्नु भनेर भनेको बताउने मन्त्री पनि यिनै अर्याल हुन्।

    संसदको सर्वसम्मत मतले पारित भएको नक्सा र सोही नक्सा भएको निशान छाप प्रयोग गर्ने निर्णय विभागिय भन्त्री अर्यालले नै अवज्ञा गरेकी हुन्। नयाँ नक्सा जारी भएको तीन महिना भइसक्दासमेत पुरानै निशान छाप भएको लेटरहेड प्रयोग भएको हो।

    आज बिहीबार मात्रै पनि मन्त्री अर्यालले गृहजिल्लामा पहिरोमा पुरिएर ज्यान गुमाएकाहरुको प्रति श्रद्धाञ्जली व्यक्त गर्नेक्रममा पनि पुरानै निशानछाप भएको लेटरहेड प्रयोग गरिन।

    मन्त्री अर्यालकै प्रस्तावमा मन्त्रिपरिषदमा कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने प्रस्ताव अघि बढेको थियो। सोही अनुसार नेपालको नयाँ नक्सा गत जेठ ३१ गते संसदले सर्वसम्मत पारित गरेको थियो।

    संसदबाट नयाँ निशानाछाप र नक्सा पारित भएलगत्तै सरकारले सोही नक्सा प्रयोगमा ल्याउन संघदेखि स्थानीयसम्मका सबै सरकारी कार्यालयहरुलाई निर्देशन दिएको थियो ।

    यद्यपि मन्त्रालयकै लेटरहेडमा भने नयाँ नक्साअंकित निशानाछाप नै प्रयोग भैसकेको छ। यो विभागीय मन्त्रीको हदैसम्मको लापरबाही हो।

    यहाँ हेर्नुस त 

    padmaaryal_bigyapti.webp

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ १६ २०८००३:४७:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend