सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपालको नयाँ नक्सा वितरणमा राेक लगाउन  प्रधानमन्त्री र भूमि मन्त्रीको साँठगाँठ  !

नेपालको नयाँ नक्सा वितरणमा राेक लगाउन  प्रधानमन्त्री र भूमि मन्त्रीको साँठगाँठ  !

  • मिडिया डबली
  • बुधवार, आश्विन ७ २०७७

  • 5.9K
    SHARES

  • नेपालको नयाँ नक्सा वितरणमा राेक लगाउन  प्रधानमन्त्री र भूमि मन्त्रीको साँठगाँठ  !

     काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक कार्यक्रममा नेपालको नयाँ नक्सा समेटिएको पुस्तक वितरण नगर्न निर्देशन दिए। भारत विरोधी अभिव्यक्ति दिएर आफूलाई राष्ट्रवादी मान्ने ओलीलाई भूभि व्यवस्था मन्त्री पद्मा अर्यालले पनि साथ दिएकी छन्।

    उनले प्रधानमन्त्री ओलीले निर्देशनको बचाउ गर्दै  पुस्तकमा केही गलत तथ्यांक समेटिएकोले वितरण गर्न रोक लगाइएको दाबी गरीन्। उनले पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नेपालको भूभाग र सीमा सम्बन्धी स्वाध्याय सामाग्री सन्दर्भ पुस्तकमा तथ्यांक गलत रहेको दाबी गरेकी हुन्।  

    नक्साजारी भएपछि प्रधानमन्त्री केपी ओलीले भारतीय पक्षसँग वा सिधै प्रधानमन्त्री नरेन्द्र मोदीलाई एकपटक पनि कुरा गरेका छैनन। मात्रै परराष्ट्र मन्त्रालयले पठाएको कुटनीतिक नोटलाई ओली सरकारले ठूलो उपलब्धी मानेको छ।  भूमि व्यवस्था मन्त्री अर्यालले त पाठ्यक्रम विकास केन्द्र नक्सा छाप्ने नै हैन समेत भन्न भ्याइन।

    उनले नक्सा छाप्ने र बाँड्ने निकाय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय होइन पनि भनिन्। उनले भूमि व्यवस्था मन्त्रालयले उक्त काम गर्ने बताइन। उनले यस अघि नै नक्सा छापेर बाँडिसकेको दाबी गरिन। तर, नेपालमा पाठ्यक्रम विकास केन्द्रले नै पुस्तक छाप्ने गर्छ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ १६ २०८००३:४७:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend