काठमाडौं- बिहीबार सार्क मुलुकका विदेशमन्त्रीहरुबीच भर्चुअल बैठक सम्पन्न भएको छ । सार्कको अध्यक्षका हैसियतले नेपालले आयोजना गरेको बैठकले क्षेत्रीय संगठनलाई गतिशील बनाउने विकल्पहरुको खोजीतर्फ ध्यान दिएको छ ।
नेपालकातर्फबाट बैठकको अध्यक्षता गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को शिखर सम्मेलन चाँडो गर्न आह्वान गरेका छन्। यसवर्ष कोरोनाको महामारीको कारण राष्ट्र संघीय महासभा भर्चुअल माध्यमबाट भइरहेको छ। त्यसैले सार्कका विदेशमन्त्रीहरुबीच पनि भर्चुअल बैठक भएको हो।
बैठकमा भारतका विदेशमन्त्री एस जयशंकरसहित सार्कका सदस्य राष्ट्रका विदेशमन्त्रीहरुको उपस्थिति थियो। बैठकमा पाकिस्तानी अधिकारीको सहभागिता रहेपनि विदेशमन्त्री शाह महमुद कुरेसीको भने रेकर्डेड भिडियो सन्देश प्रसारण गरिएको थियो।
बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरले आतंकवाद र राष्ट्रिय सुरक्षाको चुनौती क्षेत्रीय सहकार्यका बाधक भएको बताएका छन् ।
बैठकमा उनले भारतको छिमेक पहिलो भन्ने नीतिलाई दोहो¥याएका छन् । त्यस्तै उनले कोभिड १९ तथा अन्य विषयाम भारतले सार्कका विभिन्न देशलाई दिँदै आएको सहयोगकाबारेमा समेत जानकारी गराएका थिए ।
बैठकलाई सम्बोधन गर्दै पाकिस्तानी विदेशमन्त्री कुरेसीले सार्कको १९ औं शिखर सम्मेलनमा गर्न पाकिस्तान तयार रहेको बताएका थिए। भारत पाकिस्तान तनावको कारण चार वर्षअघि हुनुपर्ने सार्कको शिखर सम्मेलन रोकिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।