काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको मन्त्रिपरिषद्को बैठकमा संवैधानिक आयोग पदाधिकारी नियुक्तिबारे छलफल भएको छ। तर, बैठकमा मन्त्रिपरिषद् पुर्नगठनको बारेमा भने छलफल भएको छैन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले संवैधानिक परिषदको बैठक राखेर आयोग पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताए। मन्त्रिपरिषद् पुनर्गठनबारे पत्रकारले सोधेको प्रश्नमा उनले आजको बैठकमा यसबारे छलफल नभएको बताए।
प्रवक्ता श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनका बारेमा अस्ति भएको बाहेक थप छलफल नभएको बताएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।