आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित कोरोनामुक्त

एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित कोरोनामुक्त

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 4.3K
    SHARES

  • एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित कोरोनामुक्त

    भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले विरामीहरु सङ्क्रमणमुक्त भएका छन् ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो तीन दिनमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अत्यधिक धेरै रहेकाले सन्तोषजनक अवस्था रहेको मङ्गलबार जानकारी दिएको छ । मन्त्रालयले कुल सङ्क्रमितमध्ये झण्डै ८० प्रतिशत मानिसहरु सङ्क्रमणमुक्त भएको पनि जनाएको छ ।

    मन्त्रालयको सामाजिक सञ्जालको आधिकारीक पेजमा लेखिएको छ, “भारतमा सङ्क्रमणमुक्त भएकाहरुको दैनिक सङ्ख्या उच्च हुँदै गएको छ, यो सङ्ख्या र अनुपात विश्वमै सवैभन्दा धेरै हो ।”

    भारतमा सोमबारसम्ममा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितमध्ये दश लाख तीन हजार २९९ जना अझै पनि सक्रिय सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ४३ लाख ९६ हजार ३९९ जना सङ्क्रमणमुक्त भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend