आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनमा देखियो फेरी अर्काे भाइरस, हजारौँ बिरामी, नेपाल देखिने सम्भावना के छ?

चीनमा देखियो फेरी अर्काे भाइरस, हजारौँ बिरामी, नेपाल देखिने सम्भावना के छ?

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 3.9K
    SHARES

  • चीनमा देखियो फेरी अर्काे भाइरस, हजारौँ बिरामी, नेपाल देखिने सम्भावना के छ?

     काठमाडौं - चीनबाटै फैलिएको कोरोना भाइरसले यतिबेला विश्व थलिएको छ। फेरी त्यही चिनको एक शहरमा अर्काे नयाँ भाइरसको संक्रमणले सयौँ मानिसहरु विरामी भएका छन्। कोरोना चीनको वुहान शहरबाट फैलिएको थियो भने अहिलेको नयाँ भाइरस गेन्सु प्रान्तको लानजोउ शहरमा देखिएको हो।  

    चीनको सरकारी अखबार ग्लोबल टाइम्सले जानकारी दिए अनुसार अहिलेको संक्रमण ब्रुसेलोसिस ब्याक्टेरियाबाट भइरहेको छ। अहिलेसम्म ३ हजार २४५ जना यो भाइरसको संक्रमणको सिकार भइसकेको र अन्यत्र पनि फैलिरहेको बताइएको छ।  अघिल्लो हप्ता २१ हजारमा गरिएको परीक्षणमा ४ हजार ६४६ जनामा यो भाइरस देखियो केही निको भइसकेका छन्।  चिनले त्यहाँका ११ सरकारी संस्थालाई उक्त भाइरसको उपचारको लागि अनुमति दिएको छ। स्थानीयहरु भने भाइरस नियन्त्रणबाहिर जाने डरले आत्तिएका छन्।  

    यो भाइरसले गाई भेडा, बाख्रा, सुंगुर र कुकुरलाई संक्रमण गर्छ। अनि संक्रमित जनावरको सम्पर्कमा पुगेका मानिसलाई सरिहाल्छ।  त्यस्तै संक्रमित पशुको मासु दुध, खाँदा पनि यो भाइरस सर्छ भने हावाबाट मानिसको स्वासप्रस्वासमा प्रवेशगरी फैलनसक्ने अनुसन्धानमा खटिएका चिकित्सकहरुले बताएका छन्।  विश्व स्वास्थ्य संगठनले दुध वा पनिरको सेवनले धेरै मानिसमा यो भाइरसले आक्रमण गरिरहेको छ।

    मानिस मानिसबीच भने यो संक्रमण फैलने सम्भावना कम छ।  यो विश्वका अन्य देशमा पनि देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।   यसको भने उपचार सम्भव रहेको र संक्रमितले करिब डेढ महिना नियमित औषधी सेवन गर्नुपने हुन्छ।  यो भाइरसको संक्रमण भएकाहरुलाई ज्वोरो आउने, पसिना आउने, थकाइ लाग्ने, भोक नलाग्ने, टाउको दुख्ने, तौल अस्वभाविक घट्ने, शरीर दुख्ने लक्षण देखा पदैछ।

      यो भाइरसको लक्षण एक हप्तादेखि २ महिनाको बीचमा देखिन समछ। धेरैजसोलाई अहिले ४ हप्तासम्मै देखिएको छ। त्यस्तै पटक पटक ज्वोरो आउने, जोर्नी दुख्ने, अण्डकोष सुन्निने, मुटुवा कलेजो सुन्नीने, थकान र डिप्रेसनमा जाने समस्या यो भाइरसको कारणले हुन सक्छ।  एजेन्सीहरुको सहयोगमा 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, मंसिर १८ २०८२०९:४६:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend