काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना केन्द्रीय सदस्यलाई नियमित रुपमा तलब भत्ताको व्यवस्था गर्ने प्रस्ताव सचिवालय बैठकमा छलफलको विषय बनेको छ। पहिले तत्काली एमालेले पनि त्यसरी तलब भत्ता दिने गरेकोले केपी ओलीले नेकपा भइसकेपछि पनि त्यही दोहोर्याउन लागेका छन्।
हुन त पूर्व एमाले र पूर्व माओवादी एक भएर नेकपा बनेपनि नेकपामा पूर्व एमाले हाबी छ। नेकपामा करिब २५० जना केन्द्रीय सदस्य छन्। यि सबलाई तलब दिने तयारी छ। यसकार लागि पैसाका स्रोत छैन। नेपाल सरकारकै ढुकुटी रित्तो बनाउने नेकपाको अर्काे प्रपन्च मात्रै हो। नत्र सांसद र मन्त्रीले पाउने केही प्रतिशत रकमले कसरी यति धेरैलाई तलब खुवाउन पुग्छ ?
नेकपाले यसरी दिने पैसालाई तलब नभई आर्थिक सहयोग भनेर व्याख्या गरी जनाको आँखामा छारो हाल्न खोजेको छ। कति रकम दिने भन्ने निर्णय गर्ने जिम्मा नेकपाको आर्थिक विभागलाई दिने तयारी छ।
यस अघि एमालेले केन्द्रीय सदस्यलाई मासिक १० हजार र स्थायी कमिटिका सदस्यलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो। अहिले यो रकम बढाउने तयारी गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।