्काठमाडौं - सत्तारुढ नेकपाका अध्यक्षद्वयबीच भेटवार्ता भएको छ। आज सोमबार प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारकी निवास वालुवाटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका हुन्। आजको छलफलमा भोली मंगलबार बस्ने सचिवालय बैठकको एजेण्डाका विषयमा छलफल भएको बताइएको छ। मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय भएसँगै अध्यक्षहरु गृहकार्यमा जुटेका हुन्।
नेकपाको बैठक आज दिउँसो १ बजेको लागि वालुवाटारमा बोलाइएको थियो तर, अध्यक्षहरुले गृहकार्यको लागि समय अपुग भएको भन्दै बैठक भोलीसम्मको लागि सरेको छ। मन्त्रिपरिषदमा अहिले रहेका मन्त्रिहरु कस्लाई राख्ने कस्लाई फाल्ने भन्ने विषयमा मापदण्ड बनाउन ओली र प्रचण्डले आज छलफल गरेका हुन्। यता प्रतिनिधिसभामा हारेर पनि बल्ल तल्ल संसद छिर्न लागेका वामदेव गौतम विरुद्ध सर्वाेच्चमा रिट परेपछि प्रधानमन्त्रीसमेत रहका केपी ओलीलाई समस्या आइलागेको छ। उनकै क्याबीनेटले राष्ट्रिय सभा सदस्य बनाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
अधिवक्ताहरुले सर्वाेच्चमा दायर गरेको रिटमा मन्त्रिपरिषदको सिफारिस निर्णय बदर गर्न र राष्ट्रपति बाट भएको मनोनयन फिर्ता गर्न उल्लेख छ। सर्वाेच्चले आगामी बुधबारलाई पेसी तोकिसकेको छ। यही कारणले गर्दा वामदेव गौतम त समस्यामा छन नै वामदेवकै कारण शक्तिशाली बनेका ओलीलाई अब फेरी प्रचण्ड, माधव नेपाल क्याम्पमा जाने हुन कि भन्ने संकट आइलागेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।