काठमाडौं- नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा बालुवाटारमा छलफल भएको छ। सोमबारका लागि तय गरिएको पार्टीको सचिवालय बैठक स्थगित गरेर दुई अध्यक्षबीच २ घन्टा छलफल भएको छ ।
आइतबारको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्दा नाम चयन गर्ने अधिकार ओलि–प्रचण्डलाई दिएको थियो। आजको बैठकमा उनीहरुबीच कस्तालाई मन्त्री बनाउने भन्ने मापदण्ड तयार गरेर भोलि बस्ने सचिवालय बैठकमा प्रस्ताव ल्याउने तयारी भएको छ ।
त्यसपछि उनीहरुले नै नाम टुंगो लगाउने छन् । ओलि र प्रचण्ड दुवैले मन्त्रिमण्डल पुनर्गठनको विषय छिटोभन्दा छिटो टुंग्याएर महाधिवेशनमा केन्द्रित हुन खोजेका छन् । त्यस्तै संवैधानिक आयोगमा कस्ता मान्छे राख्ने भन्ने विषयमा समेत आज मापदण्ड बनाउन छलफल भएको हो ।
यद्यपी को कोलाई हटाउने भन्ने विषयमा भने टुंगो लाग्न सकेको छैन् । आइतबारको सचिवालय बैठकमा राष्ट्रियसभाका दुई सदस्य उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ दुबैलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव आएको थियो।
नेकपामा गम्भीर तरंग : बामदेवको मन्त्री हुने सपना तुहियो, सांसद पद नै महँगो पर्ने संकेत
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।