काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट जोगिने भन्दै मानिसहरुले अनेकौं गतिविधिहरु गरिरहेका छन् । यसबीच मुख्यमन्त्री पदको मान्छेले समेत कोरोना संक्रमणबाट बच्न सकिने धेयले जन्तर लगाएर हिँडेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘कोरोना जन्तर’ लगाएका हुन् । कालिकोट, जुम्ला, मुगु र हुम्लाको ११ दिने भ्रमणका क्रममा उनले घाँटीमा कोरोना जन्तर लगाएका हुन् ।
एक सञ्चारमाध्यले जनाए अनुसार मुख्यमन्त्री शाहीको सचिवालयले समेत मुख्यमन्त्रीले ‘कोरोना ब्लकर’ घाँटीमा झुण्ड्याएको पुष्टि गरेको छ । यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही स्थायी कमिटी सदस्यले घातक भाइरसबाट बच्न कोरोना जन्तर लगाएको बताएका थिए । उ
स्वास्थ्य मन्त्रालयले आपत्ती जनाएसँगै उक्त जन्तर झिकिएको थियो । यसबीच मुख्यमन्त्रीले नै जन्तर लगाएपछि आम नागरिकहरुमाथि भ्रम फैलिएको भन्दै चौतर्फी आलोचनात्मक चर्चा भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।