सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपा सचिवालय बैठक स्थल फेरी बालुवाटार किन सर्याे ?

नेकपा सचिवालय बैठक स्थल फेरी बालुवाटार किन सर्याे ?

  • मिडिया डबली
  • सोमवार, आश्विन ५ २०७७

  • 4.6K
    SHARES

  • नेकपा सचिवालय बैठक स्थल फेरी बालुवाटार किन सर्याे ?

     काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक हिजोदेखि जारी छ। हिजो मन्त्रिपरिषद फेरबदल र नेताकार्यकर्तालाई तलब दिने विषयमा छलफल भएको नेकपाको बैठकमा आज भने मन्त्रिपरिषद फेरबदल गर्ने मापदण्ड तयार हुने बताएको छ।   

    हिजो पहिलो पटक पूर्व माओवादीको हेडक्वाटर पेरिसडाँडामा बसेको थियो। सरकारी सम्पत्तीमा दाइँ गरेको नेकपाले फेरी आज बालुवाटारमै आफ्नो सचिवालय बैठक डाकेको छ। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठक बालुवाटारमा गर्ने गरी दिउँसो १ बजेको समय तय गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गरेका थिए।

    सोही अनुसार आज दिउँसो १ बजे पुन बालुवाटारमा पार्टीको बैठक सरकारी सम्पत्तीको प्रयोग गरी हुन लागेको हो। आजको बैठकले मन्त्रिपरिषद पुनर्गठनको मापदण्ड र खाली रहेका संवैधानिक आयोगमा पदाधिकारीहरु नियुक्तिबारे पनि टुंगो लगाउने छ।  संवैधानिक आयोगमा पार्टीभित्र छलफल सकेपछि नेकपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि छलफल गर्नेछ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend