सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

माधव नेपालले के भने यस्तो नेकपामा भयो खैलाबैला !

माधव नेपालले के भने यस्तो नेकपामा भयो खैलाबैला !

  • मिडिया डबली
  • सोमवार, आश्विन ५ २०७७

  • 5.1K
    SHARES

  • माधव नेपालले के भने यस्तो नेकपामा भयो खैलाबैला !

    काठमाडाैं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नपालले अहिले सरकारमा रहेका सबै मन्त्री फेर्न प्रस्ताव अघि बढाएपछि नेकपामा तरंग उत्पन्न भएको छ। आइतबार पहिलो पटक पूर्व माओवादीको मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री बाहेक सबै मन्त्रीहरु परिवर्तन गर्ने प्रस्ताव पेस गरेका हुन्। अबको एक हप्ताभित्र मन्त्रिपरिषल पूनर्गठन हुने भने पक्का भइसकेको छ।

    मन्त्रीहरु हेरफेरका लागि प्रधानमन्त्री ओलीले पनि तीन वटा मापदण्ड पेस गरेका छन्। त्यसो त नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाकै अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग १० वटा मन्त्रालयमा मन्त्री हेरफेरको कुरा गरेका थिए। ओलीले अहिले पाँच वटा मात्रै फेर्न सकिने बताएका थिए।

    गत महिना सचिवालयमा एक्लिएका ओलीलाई यसपटक पनि एक्लिने डरले तीन वटा मापदण्ड आफैँले प्रस्तुत गरेका छ्न। उनले सबै मन्त्री फेर्न सकिने, दोस्रो, दुई वर्षे कार्र्यकाल पुरा गरेका मन्त्री र कार्यसम्पादनमा राम्रो नगरेकालाई हटाउने प्रस्ताव पेस गरे।

    ओलीको यस प्रस्तावमा सचिवालयका सदस्यहरुले आफ्नो धारणा राख्नेक्रम सकिएको छैन। यसमा प्रचण्ड भने दहीच्यूले ढंगले पेस भए। उनले पुरै सेट फेर्ने कुरा गर्दै गरेनन्। केही शिर्ष नेता पनि रहेकाले उनीहरुलाई हटाउने हैन जिम्मेवारी हेरफेर गर्ने तर्फ उनको भनाई थियो। तर, वरिष्ठ नेता नेपाल पुरै सेट परिवर्तन गर्नुपर्ने धारणाका साथ प्रस्तुत भए।

    बैठकमा चुनाव हारेका हरुवाहरु नेकपाका उपाध्यक्षसमेत रहेका वामदेव गौतम र नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउन मिल्ने कि नमिल्ने विषयमा लामो छलफल भएको बताइएको छ।

    यी दुवै प्रतिनिधिसभाको चुनाव हारेका गौतम र श्रेष्ठलाई नेकपाले राष्ट्रियसभामा लगिसकेको छ। गौतमलाई नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले बर्दीयामा हराएका हुन् भने श्रेष्ठलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराईले गोरखामा हराएका हुन्। नेकपाको बैठक आज पनि बस्दै छ। आज बस्ने बैठकले मन्त्री हेरफरको मापदण्ड बनाउनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend