सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मन्त्रिपरिषद् पुनर्गठन : ओलीकाे विकल्प अहिलेका सबै मन्त्रीलाई हटाउने, के हाे भित्रि कुरा ?

मन्त्रिपरिषद् पुनर्गठन : ओलीकाे विकल्प अहिलेका सबै मन्त्रीलाई हटाउने, के हाे भित्रि कुरा ?

  • मिडिया डबली
  • आइतवार, आश्विन ४ २०७७

  • 3.3K
    SHARES

  • मन्त्रिपरिषद् पुनर्गठन : ओलीकाे विकल्प अहिलेका सबै मन्त्रीलाई हटाउने, के हाे भित्रि कुरा ?

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन गर्नका लागि कोको मन्त्री बनाउँने र कसरी अघि बढ्ने विषयमा तीन विकल्प दिएका छन् । तीमध्ये एक विकल्पमा अहिलेका सबै मन्त्रीलाई हटाउनेसमेत राखिएको छ ।

    पेरिसडाडाँमा आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका थिए । सो बैठकमा ओलीले त्यसका लागि, अहिलेका सबै मन्त्रीलाई हटाउने, सुरुमा मन्त्री भएकाहरुलाई हटाउने र केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने गरी तीन विकल्प दिएका छन् ।

    बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका छन् । बैठकमा सबैजसोले बैलाई हटाउनुभन्दा राम्रा काम गरेका र योग्यलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।

    यसै विकल्पबाट मन्त्रीहरु हटाइने र छानिनेछन् । यसका लागि दुई अध्यक्षका साथै सचिवालय सदस्यहरुसँग छलफल हुने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend