काठमाडौं- नेकपाले मन्त्रिमण्डल पुर्नगठनको टुंगो लगाएको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले एक हत्ताभित्रै मन्त्रिमण्डल पुर्नगठन गर्ने टुंगो लगथाएको हो ।
त्यस्तै पार्टी सचिवालय बैठकबाटै मन्त्रीमण्डल पुनर्गठन र मन्त्री बन्ने व्यक्तिबारे निर्णय गर्ने कुरामा समेत बैठकले टुंगो लगाएको छ । बढिमा एक हप्ताभित्र मन्त्रिमण्डल पुनर्गठन हुने सहमति बनेको हो ।
सोमबार १ बजे बस्ने बैठकले बाँकी कुराको टुंगो लगाएर मन्त्रीहरु छानिने छन् । यद्यपी बैठकले वादेवलाई मन्त्री बनाउँने कुरालाई भने तत्काल नसोच्ने संकेत गरेको छ ।
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाएपछि आमजनता रुस्ट बनेपछि मन्त्रीबनाउँनका लागि भने गहन छलफल हुने जनाइएको छ । आमनिर्वाचन हारेका वामदेवलाई सांसद बनाएपछि सर्वसाधरण रुस्ट हुनु स्वोभाविक हो । त्यसकारण सांसद बनेका वामदेवलाई तत्काल मन्त्री नतोक्ने सम्भावना देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।