काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका बारेमा नीतिगत छलफल सुरु भएको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार पेरिसडाँडामा ३ घण्टा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनका बारेमा नीतिगत छलफल सुरु भएको बताएका हुन् ।
प्रवक्ता श्रेष्ठले आजको बैठकमा नीतिगत छलफल मात्रै सुरु भएको र व्यक्तिका विषयमा कुनै छलफल नभएको बैठकपछि पत्रकारलाई जनाकारी दिए। अब,सोमबार १ बजे फेरि बैठक बस्नेछ र थपछलफल हुनेछ ।
आज मन्त्रिपरिषदको पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्ति, सांगठनिक एकताका बाँकी काम पूरा गर्ने बारे र चौथो विविध गरी बैठकले चार एजेन्डा तय गरे पनि आज भने मनित्रपरिषद् पुनर्गठन गर्ने विषयमा मात्रै छलफल भएको उनले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।