सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मुख्यमन्त्रीले भने- घर आँगनमा सरकार पुगेको अनुभूति दिलाउछौं

मुख्यमन्त्रीले भने- घर आँगनमा सरकार पुगेको अनुभूति दिलाउछौं

  • मिडिया डबली
  • शनिवार, आश्विन ३ २०७७

  • 3.4K
    SHARES

  • मुख्यमन्त्रीले भने- घर आँगनमा सरकार पुगेको अनुभूति दिलाउछौं

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै प्रकारका कानूनलाई संविधानको भावना र मर्म अनुकूल बनाएर प्रदेशवासीको घरआँगनमा सरकार पुगेको अनुभूति दिलाउन प्रदेश सरकार लागिपरेको बताएका छन् । 

    संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड—१९ को विषम परिस्थितिमा मनाउन लागिएको यस वर्षको संविधान दिवसले सबै प्रकारका विषम परिस्थितिको सामना गर्न र प्रदेशवासीको हित एंव समृद्धिमा एकजुट भई लागि पर्न हामी सबैलाई सुखद अनुभूति भएको बताए ।

    स्वदेश र विदेशमा रहनुभएका नेपालीलाई सुख, शान्ति र समृद्धिको लागि शुभकामना दिँदै उनले सन्देशमा अहिलेको लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ल्याउन सहादत प्राप्त गर्नुभएका ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

    तीन जना कैदीको बाँकी कैद मिनाहा  

    नेपाल सरकारको निर्णयबमोजिम कैलाली कारागारमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका तीनजना कैदीको बाँकी कैद मिनाहा गरिएको छ ।

    कारागार शाखाका प्रमुख महेन्द्रसिंह खड्काले कत्र्यव्य ज्यान मुद्दाका एक र सवारी ज्यान मुद्दाका दुई जनाको बाँकी कैद मिनाहा गरिएको जानकारी दिए । १५० जना कैदीबन्दी अटाउन सक्ने क्षमताको कैलाली कारागारमा हाल दुई आश्रित बालकसहित ३३ महिला र ४८० पुरुष कैदीबन्दी रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend