काठमाडौं – नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संसद अधिवेशन तत्काल बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन्। शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस र जसपाका नेताहरुको बैठकमा सो समझदारी गरिएको हो।
लोकतन्त्रको रक्षा, भ्रष्टाचारको भण्डाफोर, कोभिडको महामारी, आर्थिक संकट, जनस्वास्थ्यमा गम्भीर खेलवाड गरेको भन्दै दुबै पार्टीले संसद बैठक अबिलम्ब बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका हुन्।
छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशशरण महत थिए भने जसपाबाट केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए। शुक्रबार नै देउवाले संसद अधिवेशन बोलाउन आफूले पटक पटक पहल गरेपनि कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले आफ्नो प्रयासले सार्थकता पाउन नसकेको बताएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।