आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाली स्टार्टअपलाई अन्तराष्ट्रिय बजारमा पुर्याउन किंग्स् कलेज र मिट भेन्चर्स् सिंगापुरबीच सम्झौता

नेपाली स्टार्टअपलाई अन्तराष्ट्रिय बजारमा पुर्याउन किंग्स् कलेज र मिट भेन्चर्स् सिंगापुरबीच सम्झौता

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २ २०७७

  • 5.2K
    SHARES

  • नेपाली स्टार्टअपलाई अन्तराष्ट्रिय बजारमा पुर्याउन   किंग्स् कलेज र मिट भेन्चर्स् सिंगापुरबीच सम्झौता

    काठमाडौं- किंग्स् कलेज र सिंगापुरस्थित मिट भेन्चर्स्बिच शुक्रबार सहकार्य सम्झौता भएको छ ।  उद्यमशिलताको क्षेत्रमा बृहत अनुभव एव श्रोतयुक्त यी दुई संस्थाहरुले उद्यमशिलता एवं नवप्रबर्तनको अवधारणालाई राष्ट्रियमात्रै नभइ क्षेत्रीयस्तरमै कार्यान्वयन तथा प्रबद्र्धन गर्ने उदेश्य सहित यस सहकार्य सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    सम्झौतापछि कलेजका प्रधानाद्यापक नरोत्तम अर्यालले भने, “मिट भेन्चर्स्सँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित भएका छाैँ। यस सम्झौताले नेपाली स्टार्टअप तथा अधिक संख्याका उद्यमीहरुलाई अन्तराष्ट्रिय मेन्टरबाट मेन्टरसिप हासिल गर्ने, अन्तराष्ट्रिय बजारको अन्वेषण गर्ने तथा अन्तराष्ट्रिय लगानीकर्ताहरुसँग गाँसिने अवसर प्रदान गर्नेछ भन्नेमा हामी विश्वस्त छाैँ,।”

    सम्झौता अनुसार किंग्स् कलेजले मिट मेन्चर्स्लाई नेपालका साथसाथै दक्षिण एसियाका आशा लाग्दा स्टार्टअपसमक्ष पहुँच हासिल गर्न सघाउनेछ । यसका साथसाथै कलेजले उसका विभिन्न अनुसन्धान तथा इन्क्युबेशन कार्यक्रममार्फत यस क्षेत्रबाट हासिल भएका ज्ञान तथा उत्कृष्ट अभ्यासहरुलाई मिट मेन्चर्ससँग साझा गर्नेछ । 

    यसैगरी, सम्झौताअनुसार मिट मेन्चर्स्ले नेपाली तथा दक्षिण एसियाली स्टार्टअपहरुका लागि लगानी सहायता हासिल गर्ने अवसर प्रदान गर्नेछ । यसका साथसाथै नेपाली विद्यार्थीहरुले मिट मेन्चर्स् तथा उसका सहायक कम्पनीहरुबाट उद्यमशिलताका परियोजनाहरुमाथि मेन्टरसिप हासिल गर्नका साथसाथै उनीहरुलाई सिंगापुर तथा दक्षिणपूर्बी एसियामा आयोजना हुने उद्यमशिलता तथा नवप्रवर्तनमा आधारित कार्यक्रम तथा प्रतिस्पर्धाहरुमा सहभागी हुन समेत अवसर प्राप्त गर्नेछन् । 

    “नेपालसँग सम्झौता गरिएको यो नै हाम्रो पहिलो सहकार्य हो,” मिट भेन्चर्स्का तर्फबाट फराह फिराडसले जानकारी दिँदै भनिन्, “उद्यमशिलताको विकास तथा प्रबद्र्धनको सवालमा हरेक मुलुकका आ–आºनै विशेष क्षमता हुन्छन् । आजको २१औं शताब्दीमा यस सुन्दर राष्ट्रबाट भोलीका दिनमा के–कस्ता उद्यमीहरु जन्मन्छन् भनेर हेर्न हामी निकै उत्साहित छाैँ ।”

    एसिया क्षेत्रभित्र कार्य संचालन गरिरहेको मिट भेन्चर्स् कर्पोरेट स्टार्टअफ इनोभेसन कम्पनी हो । कर्पोरेट क्षेत्रअन्तर्गतको नवप्रबद्र्धन र स्टार्टअपलाई सफलरुपमा स्थापित गर्न सघाउनु यसको मुख्य उदेश्य रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १ २०८१०८:३८:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend