काठमाडौं- नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि तयारी गरेका छन् । उनले अब, संविधान संशोधन गर्न सरकार तयार रहेको बताएका हुन् ।
ओलीले सत्ता सम्हालेदेखि नै ओली चीनको निकट रहेको भन्दै थुप्रै टिका टिप्पणीहरु हुँदै आएका थिए । तर, अन्तमा चीनबाट अपेक्षित सहयोग नभएपछि र भारतसँग सम्बन्ध चिसिदै गएपछि ओली नयाँ निर्णयमा पुगेका छन् ।
संविधान संशोधनका लागि अटेरी ओली अब भने तयार भएका हुन् । संविधान जारी गर्दा बखतदेखि नै मधेश केन्द्रीत दलका नेताहरुले आफ्नो अधिकार समेट्ने गरी संविधान संशोधनको माग राख्दै आएका थिए । तर, ओलीले भने असहमति जनाउँदै आएका थिए ।
शुक्रबार बालुवाटारमा काठमाडू स्कुल अफ ल र साउथ एसिया ट्रष्टद्वारा प्रकाशित ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि सरकार तयार रहेको बताएका हुन् ।
सो क्रममा उनले नेपालको मौजुदा संविधानमा विश्वकै तुलनामा सम्भवतः बढी मौलिक हकहरुको व्यवस्था गरेको दावी पनि गरे । नेपालको संविधान एक गतिशील दस्तावेज भएको भन्दै उनले यसको सही कार्यान्वयन गर्दै जाँदा व्यवहारका क्रममा देखिएका विषयमा औचित्यका आधारमा संशोधन गर्न सरकार तयार रहेको बताएका हुन् ।
पछिल्लो समय मधेशवादी दल, भारतसँग सम्बन्ध चिसोपना बढिरहेको अवस्था थियो । ओलीलाई चीनबाट अपेक्षाकृत सहयोग नहुँदा चौतर्फी सम्बन्ध सुधार्न ओली संविधान संशोधन गर्न तयार भएको देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।