आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बैंकबाट कर्जा झिक्न खोज्दै हुनुहुन्छ ? ‘सापटी सेवा’ मा जानुहोस्

बैंकबाट कर्जा झिक्न खोज्दै हुनुहुन्छ ? ‘सापटी सेवा’ मा जानुहोस्

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २ २०७७

  • 4.6K
    SHARES

  • बैंकबाट कर्जा झिक्न खोज्दै हुनुहुन्छ ? ‘सापटी सेवा’ मा जानुहोस्

    काठमाडौं - नेपालमा अहिलेसम्म ऋणी र बैंक तथा वित्तीय संस्थाबीच सहजीकरण गरिदिएर कर्जा निकाल्ने अभ्यास सुरु भइसकेको छैन ।

    पहिलोपटक नेपालमा पनि बैंक र ऋणीबीच सहजीकरण गर्न ‘सापटी सेवा’ नामक संस्था स्थापना भएको छ । जसले बैंक तथा वित्तीय संस्थाबाट कर्जा निकाल्न चाहनेका लागि सहजीकरणको काम गरिदिनेछ ।

    ऋणी र निक्षेपकर्ताकै कारण बैंक तथा वित्तीय संस्था सञ्चालन हुन्छन् । तर, आवश्यक धरौटी राख्छु भन्दा पनि धेरैले सहज रूपमा कर्जा पाइरहेका हुँदैनन् ।

    भनेका बेला कागजपत्र तयार नहुने तथा बैंक तथा वित्तीय संस्थाका विभिन्न सर्त र नियमका कारण सेवाग्राहीले कर्जा निकाल्न झन्झट बेहोर्दै आएका छन् । त्यसैले विदेशी अभ्यास र प्रविधिलाई पछ्याएर ‘सापटी सेवा’ कम्पनीको स्थापना गरिएको सञ्चालक सफल वाग्लेले बताए ।

    ‘यो कम्पनीले बैंक तथा वित्तीय संस्था तथा ऋणीबीच पुलको काम गर्छ । प्रचलित ऐन नियमअनुसार सम्बन्धित निकायको स्वीकृति लिनुपर्ने भए लिई विभिन्न बैंक तथा वित्तीय संस्थासँग साझेदारी, सहकार्य गरी व्यक्तिगत एवं संस्थागत कर्जा प्रवाह गर्न सहयोग पुर्याउँछ,’ उनले भने ।

    कर्जा लिन चाहनेले ‘सापटी सेवा’को वेबसाइटमा गएर आफूले चाहेको संस्थाका लागि अनलाइन फारम भर्न सक्ने उनले बताए । वेबसाइटमा विभिन्न बैंक तथा वित्तीय संस्थाका अधिकतमदेखि न्यूनतम कर्जा तथा सावाँ–ब्याजबारे उल्लेख गरिएको छ ।

    त्यसकै आधारमा सेवाग्राहीले फारम भरी कर्जा लिन चाहेमा ‘सापटी सेवा’ले सहजीकरण गर्नेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन २ २०७७०१:५५:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend