काठमाडौं- संविधान दिवसको अवसर पारेर नेपाल टेलिकमले विभिन्न प्याकेजहरु ल्याएको छ ।
जसअन्तर्गत असोज २, ३ र ४ गते तीन दिन अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गर्न सकिनेछ ।
खरिद गरिएको यो प्याक तीनदिनसम्मको हुनेछ । त्यस्तै यी दुई प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा एक जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सक्नेछ ।
संविधान दिवसको अवसरमा ल्याइएको यो प्याक लिन *1415*11# डायल गर्नुहाेला ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।