अमेरिकामा आउँदो महिना (अक्टोबर)देखि कोरोनाभाइरस विरुद्धको खोप वितरण गर्न सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बताएका छन् ।
सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी अनुसा अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने सम्भावना रहेको ट्रम्पले बताएका हुन् ।
बिहीबार ट्रम्पले भने, 'कोरोनाभाइरस विरुद्धको खोप तयार हुदैछ, हामी आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्न सक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु, यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ ।'
“यसलाई कहिलेदेखि वितरण गर्न सकिनेछ भन्ने कुरा जतिसक्दो चाँडो घोषणा गर्ने तयारी भइरहेको छ ।” उनले अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै केही गरी ढिला भएमा केही दिन मात्रै ढिला हुनसक्ने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।