सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बिहीबार नेकपा र कांग्रेसका शीर्ष नेताबीच छलफल हुने, के हाे एजेण्डा ?

बिहीबार नेकपा र कांग्रेसका शीर्ष नेताबीच छलफल हुने, के हाे एजेण्डा ?

  • मिडिया डबली
  • बुधवार, भाद्र ३१ २०७७

  • 4.4K
    SHARES

  • बिहीबार नेकपा र कांग्रेसका शीर्ष नेताबीच छलफल हुने, के हाे एजेण्डा ?

    काठमाडौं- संवैधानिक आयोगहरुमा रिक्त पद पूर्तिका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच बिहीबार छलफल हुने भएको छ। उक्त छलफलमा देशको पछिल्लो राजनीतिक अवस्थाबारे पनि परामर्श हुने भएको छ। 

    प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार बिहान भएको भेटवार्तापछि यस्तो निर्णय भएको हो।  दुई अध्यक्षबीचको छलफलपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको उक्त बैठक तय गरिएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन्। नेकपाको यही भदौ २६ गते सहमतिका साथ निर्णय भई स्थायी कमिटीको बैठक सकिएपछि अध्यक्षद्वयले अन्तरपार्टी सर्कुलर जारी गरेका छन्। 

    उनीहरुले सरकार र पार्टीका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने सङ्कल्प गरिसकेका छन्।   प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच नियमितजसो भेटवार्ता र छलफल हुने क्रममा आज पनि भेटवार्ता भएको जानकारी दिए।  

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्‍न संवैधानिक आयोग तथा केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारी रिक्त छन्। यो स्थितिमा सरकार र प्रतिपक्षबीच छलफल तथा सहमतिपछि नियुक्तिको प्रक्रिया अघि बढ्ने बताइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend