काठमाडौैं- सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै नियुक्ति गर्ने विषयमा भने कुनै निर्णय गरेको छैन् ।
प्रतिनिधिसभामा हारेका वामदेवलाई मन्त्री बनाउनकै लागि राष्ट्रिय सभा सदस्य बनाइएको विषयमा जनताले असन्तुष्टि जनाएका छन् । सरकारले उनलाई सिफारिस गरेको यो खराब निर्णय भएको ठहर गरेका छन् ।
त्यस्तै नेपाललाई चरम लाडसेडिङको अवस्थाबाट उन्मुक्त पारेका घिसिङको निरन्तरताका लागि भने सरकारले असल निर्णय गर्न चाहेको छैन् । जनस्तरबाटै उनलाई नियुक्त गर्नका लागि दबाद हुँदा हुँदै पनि सरकारले यो सही निर्णय गर्न नचाहेको देखिएको छ ।
यो पनि पढ्नुहोस्
सरकारले आज एउटा असल र अर्को खराब निर्णय गर्दै
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।