काठमाडौं- नेकपाका अध्यक्षद्धय एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवातारमा छलफल भइरहेका छ ।
महासचिव विष्णुप्रसाद पौडेलसमेत सहभागि छलफलमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा समेत साझा सहमति गर्ने प्रयास भएको बताइएको छ । नेकपामा मन्त्रिपरिषद्काे पुर्नगठनकाे हल्ला लामाेसमयदेखि चलिरहेकाे अवस्थामा आज दुई अध्यक्षले साझा सहमति गर्न सक्ने संकेत देखिएको छ ।
त्यस्तै, विशेषरुपमा शुक्रबार सम्पन्न स्थायी समिति बैठकको निर्णयसम्बन्धी अन्तरपार्टी सर्कुलरलाई अन्तिम रुप दिन दुई अध्यक्ष र महासचिवबीच छलफल भएको स्रोतले जनाएको छ। सो बैठकले चैतमा गर्ने तय भएको महाधिवेशनको तयारीमा केन्द्रित हुने निर्णय गरेको थियो।
प्रचण्डले अन्तरपार्टी सर्कुलर शनिबार तयार पारेपछि त्यसलाई जारी गर्नेबारे तीन नेताबीच छलफल भएको हो। दुबै अध्यक्षको सहमतिमा त्यसलाई तय गरेर गाउँ कमिटीसम्म पठाइने भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।