मानिसका लागि सबैंभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य हो । मानिस स्वस्थ रहनका लागि शरिरका ससाना अंगहरुले ठूलो भुमिका खेलिरहेका हुन्छन् ।
यसबीच रगतमा पाइने भिटामिन ‘डी’ को निकै नै ठूलो महत्व रहेको पाइएको छ । रगतमा भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ ।
अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न सकिने समेत दावी गरेका छन् । स्वास्थ्यमा आउने भावी चुनौतीलाई पनि भिटामिन ‘डी’को अध्ययनबाट थाहा पाउन सकिने अध्ययनकर्ताहरुको भनाइ छ ।
भावी स्वास्थ्य अवस्था र स्वास्थ्य चुनौतीलाई रगतमा रहेको भिटामिन ‘डी’को अवस्थाका आधारमा भन्न सकिन्छ, अध्ययन प्रतिवेदनमा लेखिएको छ । भिटामिन ‘डी’को अध्ययनले कुनै पनि व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा थप अध्ययन अनुसन्धान गर्न र विवरणहरु पत्ता लगाउन पनि सघाउन पुर्याउने अध्ययनकर्ताहरुले बताएका छन् ।
बेल्जियमको फ्युनिभर्सिटी हस्पिटल्स लेउभेन’का डा लिन एन्टोनिओको टोलीले भिटामिन ‘डी’ र स्वास्थ्यको पूर्वानुमानका बारेमा अध्ययन गरेको हो । अध्ययनमा ४० देखि ७९ बर्षसम्ममा मानिसहरुलाई समावेश गरिएको थियो । उनीहरु माथि सन् २००३ देखि २००५ सम्म अध्ययन गरिएको थियो ।
अध्ययनमा एक हजार ९७० जना संलग्न भएका थिए । अध्ययनको नेतृत्वकर्ता डा एन्टोनिओले भने( “भिटामिन डिको अवस्थाको अध्ययनले तत्कालिन स्वास्थ्य अवस्थादेखि भविष्यमा आउनसक्ने स्वास्थ्य चुनौती र मृत्युसम्मको कुरालाई पनि पुर्वानुमान गर्न सक्ने देखिन्छ ।” उनको टोलीले गरेको अध्ययनको प्रतिवेदन हालै मात्रै तयार भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।