काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमण निकै नै बढ्दै गएको छ । यसबीच कोरोना भाइरसको नियन्त्रणका लागि उत्तर कोरियाले गम्भीर निर्णय गरेको छ ।
उत्तर कोरियामा हालसम्म एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण भएको खबर बाहिरिएको छैन। यसबीच उसले आफ्नो देशमा शुन्य संक्रमण भएको दाबी गर्दै कोरोना भाइरसलाई देशमा छिर्नै नदिन भन्दै सीमामा कडाई गरेको छ ।
सीमा कडाई गरेसँगै उत्तर कोरियाले चीनबाट उत्तरमा प्रवेश गर्न खोज्ने जोकोहीलाई पनि गोली हान्न आदेश समेत दिएको कुरा बाहिरीएको छ । उसोत, गत जनवरीदेखि नै उत्तरले चीनसँगको सिमाना बन्द गरेको थियो ।
दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमाण्डर रोवर्ट अब्राम्सका अनुसार चीनको सिमानाबाट लकडाउको समयमा लुकिछिपी खानेकुरा तथा लत्ताकपडाहरु ल्याउने कार्य भइरहेको छ। चीनबाट उत्तर प्रवेश गर्न खोज्नेमा कोरोना देखिनसक्ने भन्दै उत्तरले चीनबाट प्रवेश गर्न खोज्नेलाई गोली हान्न आदेश दिएको अमेरिकी सेनाले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।