सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भीम रावलले भने 'एमसीसी पारित गर्नुपर्छ भन्नेहरु दलाल हुन्', नेकपामा तनाब !

भीम रावलले भने 'एमसीसी पारित गर्नुपर्छ भन्नेहरु दलाल हुन्', नेकपामा तनाब !

  • मिडिया डबली
  • शनिवार, भाद्र २७ २०७७

  • 6.5K
    SHARES

  • भीम रावलले भने 'एमसीसी पारित गर्नुपर्छ भन्नेहरु दलाल हुन्', नेकपामा तनाब !

    काठमाडौं- नेकपाका स्थायी समिति सदस्य भीम रावलले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नुपर्छ भन्नेहरु दलाल भएको संज्ञा दिएका छन् ।

    एमसीसीको सुरुदेखि नै विपक्षमा रहँदै आएका नेता रावलले एमसीसी पारित गर्न दलालहरुले आफूविरुद्ध गलत हल्ला फैलाएको समेत बताएका छन् ।

    उनले भने, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् ।’

    नेता रावलसमेत एमसीसी पारित गर्न सहमत भएको चर्चा चलेपछि नेता रावलले त्यसको खण्डन गर्दै यस्तो जवलफ दिएका हुन् ।

    यसबाहेक नेता रावलले एमसीसी पारित गराउन लागिपरेकाहरु दलाल भएको आरोप समेत लगाएका छन्। शनिबार सामाजिक सञ्जाल ट्विटरमा नेता रावलले लेखेका छन्,  ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन्,  ‘ यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend