आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज उपत्यकाका यी स्थानमा जाँदैछ विजुली (सूचीसहित)

आज उपत्यकाका यी स्थानमा जाँदैछ विजुली (सूचीसहित)

  • मिडिया डबली
  • शनिवार, भाद्र २७ २०७७

  • 5.7K
    SHARES

  • आज उपत्यकाका यी स्थानमा जाँदैछ विजुली (सूचीसहित)

    काठमाडौं– आज काठमाडौं र ललितपुरका धेरैजसो ठाउँमा  दिनभरी बिजुली जाने भएको छ। विद्युत क्षमता विस्तार र संरचना सार्नका लागि काठमाडौं र ललितपुरका केही ठाउँमा शनिबार बिजुली काट्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

    ती ठाउँमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिजुली काटिने छ। कुलेश्वर वितरण केन्द्रको बालाजु स्वयम्भू फिडरबाट वितरित स्वयम्भू, अजिमा हल, भगवान पाउँ, सानो भर्याङ्ग, ठूलो भर्याङ्ग, इचंङ्गु, हलचोकलगायतका ठाउँहरुमा आज दिनभर विद्युत अवरुद्ध हुनेछ।

    चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत विद्युतीय संरचना सार्नुपर्ने भएकाले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म ती ठाउँमा बिजुली काटिने प्राधिकरणले जनाएको छ।

    त्यस्तै ललितपुरको पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर विस्तार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बिजुली काटिने छ। यसबाट धोविघाट नयाँ बाटो, मेघा हस्पिटल, पट्टीपा चोक, सिद्धार्थ कटेज, ढुङ्गेधारालगायतका क्षेत्रमा बिजुली आउने छैन।

    बालाजु वितरण केन्द्रको विष्णुमति फिडरअन्तर्गतको काठमाडौं महानगरपालिका १५ र १६ को चक्रपथ क्षेत्रमा विद्युतीय संरचनाहरु सार्न बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म वनस्थली, गंगाहल, माछापोखरी, बालाजु वाइपास, वसन्तनगर, न्यायीक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुललगायतका क्षेत्रहरुमा लाइन अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २७ २०७७०९:५७:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend