काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । यसअघि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी र सरकारको भुमिका बाँडफाँड भइसकेको छ ।
जस अनुसार ओली सरकार चलाउने र प्रचण्ड कार्यकारी अध्यक्षको भुमिका निभाउँने छन् । तर, आजको बैठकले ओलीको सरकार चलाउँने काममा पार्टीले हस्तक्षेप गर्न नमिल्ने गरी सहमति भएको छ ।
बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा मात्रै पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ । तर, यीयावत निर्णयहरूकाे विराेध समते भएकाे स्राेतले जनाएकाे छ ।
बैठककाे बीचमा नेकपाका वरिष्ठ नेता माधव कुमारले असन्तुष्टि व्यक्त गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।