सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बैठकमा ओली- प्रचण्डमाथि खनिए माधब नेपाल, बालुवाटारमा खैलाबैला !

बैठकमा ओली- प्रचण्डमाथि खनिए माधब नेपाल, बालुवाटारमा खैलाबैला !

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २६ २०७७

  • 11.2K
    SHARES

  • बैठकमा ओली- प्रचण्डमाथि खनिए माधब नेपाल, बालुवाटारमा खैलाबैला !

    काठमाडौं- बालुवाटारमा जारी नेकपाको स्थायी समितिको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यमाथि आक्रमकरुपमा प्रस्तुत भएका छन् । नेता नेपालले ओली र प्रचण्डले ल्याएको १५ बुँदे प्रस्तावमाथि  गम्भीर आपत्ति जनाउँदै आक्रोस पोखेका हुन् ।

    नेता नेपाल पार्टी एकताको ५ महिनायता निरन्तर एक व्यक्ति एक मुख्य जिम्मेवारी लगायतको मुद्धा उठाउँदै आएका थिए । यसबीच, कार्यदल गठनपछि ओली प्रचण्डबीचको सहमतिले समेत अध्यक्षद्वयको प्रस्तावमा एक व्यक्ति एक मुख्य जिम्मेवारीको व्यवस्था नभएको भन्दै उनले असन्तुष्टि पोखेका हुन् ।

    नेकपमा ओली प्रचण्डबीच भएको सहमतिले कार्यकाल भरी ओली नै प्रधानमन्त्री हुने र पार्टी सञ्चालनको जिम्मा प्रचण्डले हेर्ने सहमति भएको छ । तर, पार्टी सञ्चालनको पूर्ण जिम्मा प्रचण्डलाई छैन् । उनले महासचिव बिष्णु पौडेलसँग समेत परामर्श लिनुपर्ने गरी सहमति भएको छ ।

    नेकपा बैठकमा खाजाका लागि गरिएको ‘ब्रेक’ समयसम्मम ९ जना स्थायी समिति सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन् ।  जसमा नेपालसहित स्थायी समिति सदस्यहरु देव गुरुङ, लिलामणि पोख्रेल, घनश्याम भुसाल, मातृका यादव, अष्ठलक्ष्मी शाक्य, भीम आचार्य, रघुजी पन्तलगायत रहेका छन् ।  

    आजको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर बैठकमा सहभागी भएर बाहिरिएका थिए । उनी अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालनको जिम्मेवारी दिएर बाहिरिएको बताइएको छ । 

    आन्तरिक विवादका कारण झण्डै डेढ महिना अघि स्थगित बैठक विवाद समाधानउन्मुख भएपछि शुक्रबार बसेको हो । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend