काठमाडौं– खोटाङमा नेकपाका एक सय भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। दुई तिहाइको कम्युनिष्ट सरकार अलोकप्रिय भइरहेका बेला नेकपा नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका नेकपाका पूर्व गाविस अध्यक्ष सहितका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।
बीपी कोईरालाको १०७ औं जन्मजयन्तीको अवशरमा नेपाली कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा नेकपाका पूर्व गाविस अध्यक्ष तथा नेकपा प्रदेश कमिटि सल्लाहकार सदस्य ज्ञानेन्द्र राई सहितका सय बढि नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।
कांग्रेसका अनुसार नेकपाका गाउँ कमिटि उपाध्यक्ष दिपक विश्वकर्मा, क्रान्तिकारी माओबादीका जिल्ला सदस्य एबं युवा लिग खोटाङका अध्यक्ष जीवन श्रेष्ठ, सन्तोष विश्वकर्मा लगायतका नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन्। कार्यक्रममा नेकपाका ११९ जना नेता, कार्यकर्ता र समर्थक प्रवेश गरेको कांग्रेसले जनाएको छ ।
उनीहरुलाई प्रमुख अतिथिका रुपमा कांग्रेस महाधिबेसन प्रतिनिधि भूपेन्द्र राई, नेपाली कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति लक्ष्मीकुमार थापा, जिल्ला सदस्यहरु बसन्त राई, शरणकुमार राई, ललिता राउत, कांग्रेस नेतृ सपना राई,नेपाल तरुण दल जिल्ला सचिव कविन राई लगायतले पार्टी प्रवेश गराएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।